पेरिस ओलम्पिक : नेपालकी धाविका सन्तोषी श्रेष्ठले भोलि म्याराथनमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ / भोलि पेरिस ओलम्पिकको अन्तिम दिन नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै छिन्।
युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिकमा छनोट भएकी हुन्। सन्तोषी गत साउन १५ गते पेरिस पुगेकी थिइन्।
त्यहाँको मौसमसँग घुलमिल भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन्। सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भएकी थिइन्। पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन्।
नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन्। जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए। यसबाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस