काभा भलिबल : आज नेपाल र भारतबीच उपाधि भिडन्त

काठमाडौं / काभा वुमन्स नेसन्स लिग (भलिबल) प्रतियोगिताको फाइनलमा आज नेपाल र भारतबीच खेल हुँदैछ।
यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ।
मङ्गलबार भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।
मङ्गलबार नै भारतले श्रीलंकालाई ३-० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको हो। यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ।
लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो। नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गरिन्। कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पुर्याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गरिन्। नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले भारतलाई हराएर उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए।
नेपालले लिग चरणमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस