तर सन्दिप लामिछाने विदेश जान भने नपाउने……….
पुुस २८, काठमाण्डौं । आज उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ, तर लामिछाने विदेश जान भनें नपाउने भएका छन् ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगकाको तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरी दर्ता गरेर नेपाल प्रहरीले अनुसन्धान थालेपछि लामिछाने एक महिनासम्म फरार रहेका थिए । पछि इन्टरपोटलमा पनि उनीविरुद्ध नोटिस जारी गरियो । इन्टरपोलले फ्लोरिडाको एक होटलमा रहेको थाहा पाएर उनलाई लोकेट गरेपछि लामिछाने ‘आत्मसमर्पण गर्ने’ भन्दै फर्किएर नेपाल आएका थिए । लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरिले पक्राउ परेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

