कर्णालीमा माओवादीका मन्त्रीहरुले राजिनामा दिए

सुर्खेत / कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुले राजीनामा बुझाएका छन्। उनीहरुले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको घोषणा गरेका थिए।
पत्रकार सम्मेलन सकिएलगत्तै मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका हुन्।
कर्णाली प्रदेशमा माओवादीबाट अर्थमन्त्रीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए।
केन्द्रमा नयाँ समीकरण बने सँगै माओवादी केन्द्र प्रतिपक्षमा पुगेसँगै यो पार्टी सातै प्रदेशमा पनि सत्ताविमुख हुने अवस्थामा पुगेको हो। हिजो मात्रै बागमती र लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रको नेतृत्वमा रहेका दुवै सरकारले राजीनामा दिनुपरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस