NTC App - Ad

आमसञ्चार माध्यमका लागि प्रेस काउन्सिल नेपालद्वारा अपिल जारी

काठमाडौं, १ मंसिर/ स्थिर समय (मौन अवधि) मा पत्रकार, सञ्चारकर्मी, आमसञ्चार माध्यमका साथै सामाजिक सञ्जाल प्रयोगकर्ताह?का लागि आचारसंहिता पालनाका सन्दर्भमा प्रेस काउन्सिल नेपालले एक अपिल जारी गरेको छ । यहि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मौन अवधिको आचार संहिता पालन गर्न प्रेस काउन्सिलले यस्तो अपिल जारी गरेको हो ।
पे्रस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षेरित उक्त अपिलमा निर्वाचनको स्थिर समय (मौन अवधि) मा आचारसंहिता उल्लङ्गन भएमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रकृया अबलम्बन गरिने बताईएको छ ।
निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कन/वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समेत आधारका ?पमा अभिलेखीकरण एवं सिफारिस गरिने व्यहोरा समेत जारी विज्ञप्ति जनाईएको छ । यस्तै कतिपय सञ्चार माध्यमबाट स्थिर समय (मौन अवधि) शु? भएपछि पनि सोअघिको मिति राखी निर्वाचनसम्बन्धी सामग्री प्रकाशन/प्रसारण/सम्प्रेषण गर्ने गरेको जनगुनासाह? समेत आउने गरेको भन्दै काउन्सिलद्वारा जारी विज्ञप्तिमा सो विषयमा काउन्सिलले सूक्ष्म ढङ्गबाट अनुगमन गरिरहेकोले त्यसतर्फ समेत सजगता अपनाउन आग्रह गरिएको छ ।
स्थिर समय शु? हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह, अङ्कित झण्डा, श्रव्यदृश्यलगायतका सामग्री समेटी सञ्चार माध्यमबाट प्रकाशन/प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लघन हुने भन्दै उक्त विज्ञप्तिमा त्यस्तो कार्य नगर्न/नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिएको छ । काउन्सिलद्वारा आमसञ्चार माध्यम तथा पत्रकारह?का लागि जारी विज्ञप्तिमा भनिएको छ ‘निर्वाचनको स्थिर समय (मौन अवधि) मा आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताह?मा प्रेस काउन्सिल नेपाल अपिल गर्दछ ।’
यहि मङ्सिर ४ गते आईतवार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचार प्रसार गर्ने समय आज राति १२ बजेसम्म रहेको छ । तत्पश्चात निर्वाचनको थिर समय (मौन अवधि) लागु हुनेछ । मतदान हुने दिनको अघिल्लो अठ्चालिस् घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म निर्वाचन प्रसार प्रसारजन्य सामाग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक शो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम प्रकाशन÷प्रसारण÷सम्प्रेषण गर्न पाईने छैन भन्ने निर्वाचन आचार संहितामा व्यवस्था रहेको छ ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra