कृषि उपजको आयात घट्दो अवस्थामा

काठमाडौं, १ मंसिर / नेपालको खाद्य वस्तुमा समेत परनिर्भरता बढेर गएकोमा पछिल्लो ३ महिना यता यस्ता वस्तुको आयातमा कमी आएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जारी गरेको आयात तथा निर्यात सूचीमा कृषि उपज आयात तथा निर्यातमा कमी देखिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा कृषि उपजको आयातमा ३२ प्रतिशत र निर्यातमा ५९ प्रतिशतले कमी आएको जारी सूचनामा बताईएको छ । सूर्यमुखी तेल, भटमास र पामको व्यापार घटेका कारण कृषि उपजको आयात तथा निर्यातमा कमी देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी सूचनामा चालु आवको समीक्षा अवधिमा नेपालले २ अर्ब ८२ करोडको मात्रै वस्तु निर्यात गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस