बाढीले बगाउँदा जाजरकोटमा १ जनाको मृत्यु, ६ जना घाइते

सुर्खेत, ९ असार / जाजरकोटको कुशे गाउँपालिकाको वडा नं. १ चारेचौरनजिको खोलामा माछा मार्दै गरेका १ जनाको मृत्यु भएको छ भने अरु ६ जना घाइेते भएका छन् । भारी वर्षाका कारण खोलामा अचानक आएको बाढीलमा परी एक जनाको मृत्यु भएको र ६ जना घाइते भएका हुन् ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाले दिएको जानकारीमा उल्लेख गरिएको छ । प्राप्त समाचारअनुसार मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन् । बाढीमा परी घाइते भएका अन्य छ जनाको तत्काल उद्धार गरिएको बताईएको छ ।

Advertisement:

घाईते हुनेहरुमा कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने रहेका छन् । ।

प्रतिक्रिया दिनुहोस् :