मानवरहित चिनिया अन्तरिक्ष यान चन्द्रमामा अवतरण
बेजिङ/ चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ ।
यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् ।
चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले बेइजिङको स्थानीय समय अनुसार बिहान ६स् २३ मा चाङ-इ-६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।
चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो । यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो ।
यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू संकलन गर्न सक्ने बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठूलो क्रेटर छ, जहाँ यो गाडी अवतरण भएको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ-ई-४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

