भारतमा बंगलादेशका सांसदको हत्या गरेर नेपाल आएका एकजना काठमाडौँबाट पक्राउ

काठमाडौं / बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका एक जनालाई नेपालबाट पक्राउ गरिएको छ।
हत्याका मुख्य अभियुक्त सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ। उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए। मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो।
नेपालबाट पक्राउ परेका भनिएका हुसेन सांसदको हत्या लगत्तै काठमाडौं गएको हल्ला चलेको थियो। उनी गत बिहीबार नै पक्राउ परेको समाचारमा उल्लेख छ ।
हुसेनको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको बताइएको छ।
ढाका महानगरीय प्रहरीको डिटेक्टिभ ब्रान्च(डीबी) को चार सदस्यीय टोली शनिबार बिहान नै ढाकाबाट काठमाडौंतर्फ प्रस्थान गरेको ढाका ट्रिब्युनले उल्लेख गरेको छ।
सांसद अनारको हत्यामा संलग्न रहेको आरोप लागेका अन्य अभियुक्त पनि हत्यापछि नेपाल आएको आशंका गरिएको छ।
सांसद अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन्। उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ बाट चुनाव जितेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस