अत्यधिक गर्मीका कारण दाङमा ५ दिन विद्यालय बन्द हुने
तातोखबर, दाङ / जिल्लामा गर्मी बढ्न थालेपछि विद्यालय बन्द गरिएको छ। तुलसीपुर र घोराही उपमहानगरले आज ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
बढ्दो गर्मीलाई मद्देनजर गर्दै जेठ १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको छ। तुलसीपुर उपमहानगरका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जेठ २३ गतेदेखि पठनपाठन नियमित हुने जानकारी दिए।
यसैगरी शान्तिनगर गाउँपालिकाका विद्यालयहरू ५ दिनसम्म बन्द गर्ने निर्णय गरिएको छ। अत्यधिक गर्मी बढेपछि १८ गतेदेखि २२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेले बताए। केही दिनयता अत्यधिक गर्मी बढेपछि पठनपाठनमा समस्या भएपछि विद्यालय बन्द गर्ने निर्णयमा पुगिएको उनले बताए।
यसैगरी जिल्लाका ३ स्थानीय तहले यसअघि २ दिन विद्यालयमा बिदा दिएका छन्। लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले वैशाख १७ र १८ गते २ दिन विद्यालय बन्द गर्ने निर्णय सार्वजनिक सूचनामार्फत गरेका छन्।
यसैगरी बिहीवार घोराहीमा अधिकतम तापक्रम ४०.२ डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम २०७० सालदेखिकै उच्च तापक्रम हो। यसअघि २०६९ साल जेठ ३२ गते ४१.० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको थियो। बुधबार अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस पुगेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

