श्रमाधान रोजगार मेला-२०८१ विराटनगरबाट शुरु, मेला प्रत्येक प्रदेशमा दुई-दुई दिन चल्ने

sharmadhan-rojgar-mela

काठमाडौं / विराटनगरमा बिहीबार ‘श्रमाधान रोजगार मेला-२०८१’ शुरु हुँदैछ। मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलको आयोजनामा सातै प्रदेशमा हुने मेला बिहीबार कोशीको विराटनगरबाट शुरु हुन लागेको हो।

Advertisement:sharmadhan-rojgar-mela

मेला प्रत्येक प्रदेशमा दुई-दुई दिनसम्म चल्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मेला गर्न लागेको बताए । मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबचिको साझेदारीलाई प्रवर्धन गर्ने रहेको उनले बताए ।

श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश मेला संयोजक सुशीलप्रसाद आचार्यले मेला रोजगारी दिने र माग्नेबिचको सेतु भएको तर्क गरे । मेलाबाट सबै प्रदेशबाट सङ्कलन भएका रोजगारदाता संस्था र रोजगारीमा खोजी गर्ने आएका तथ्यांक समेटर रोजगार बैंक बनाउने र  यसबाट बेरोजगारको तथ्यांक, सीप र रोजगारीका अवसरबारे स्पष्ट उल्लेख हुने बताए ।

मेला जेठ ३० गते बुधबार बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले जनाएको छ ।

sharmadhan-mela-rojgar

प्रतिक्रिया दिनुहोस् :