अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख मारिए
एजेन्सी, १७ श्रावण । अमेरिकी ड्रोन हमलामा अल-कायदाका नेता अयमान अल जवाहिरी अफगानिस्तानमा मारिएका छन्।
अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार अफगानिस्तानको राजधानी काबुलमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्।
बिबिसीका अनुसार बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाएका छन्। उनले अब न्याय मिलेको भन्दै आतङ्कवादी नेता जवाहिरी जीवित नरहेको बताएका हुन्।
घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।
परिवारका अन्य सदस्यसँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको अधिकारीहरूले दाबी गरेका छन्।
७१ वर्षीय अल-कायदा नेता विरूद्ध आफूले लक्षित हमलाका लागि अन्तिम स्वीकृति दिएको राष्ट्रपति वाइडेनले बताएका छन्।
ओसामा बिन-लादेन मारिएपछि जवाहिरीले अल-कायदाको नेतृत्व लिएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

