जनताले समस्या पर्दा पार्टीलाई नभई युट्युबरलाई खोज्न थाले : शंकर पोखरेल

तातोखबर, भक्तपुर / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउने संकल्पसहित युवा अगाडि बढ्नुपर्ने बताए।
आज नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले युवाले संकल्प नगरेसम्म देश विकास नहुनेसमेत बताए।
उनले पार्टीमा आवद्ध युवालाई समाज बदल्ने पार्टीका अभियानमा कटिबद्ध भएर लाग्नसमेत आग्रह गरे।
उनले भने, “देश बनाउने बेलामा देश छाड्ने युवाको लर्को धेरै छ, योबेला देशलाई देश छाड्नेभन्दा देश बनाउने युवाको आवश्यकता छ। त्यसैले आम युवालगायत नेकपा (एमाले)मा आवद्ध सबै युवालाई देश बनाउने संकल्पसहित अगाडि बढ्न आग्रह गर्दछु।”
जनताले समस्या पर्दा पार्टीलाई नभई युट्युबर र अभियन्तालाई खोज्ने अवस्था सृजना भइरहेको भन्दै उनले पार्टीलाई जनतासँग जोड्ने एजेण्डा लिएर जनताको घरदैलोमा जान आवश्यक रहेको समेत बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस