नीति तथा कार्यक्रम : नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना
तातोखबर, काठमाडौँ / सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक भएको छ।
मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
‘नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ‚’ राष्ट्रपति पौडेलले भने, ‘डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गरिनेछ।’
उनले साइबर सुरक्षालाई प्रभावकारी बनाउने पनि बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

