‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणापछि संसदमा गुञ्जियो हाँसो
तातोखबर, काठमाडौं / सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ।
‘महिलालाई आर्थिक रुपमा सक्षम सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिनेछ।’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले भने।
राष्ट्रपतिले यति भनेपछि संसद भवनमा हाँसो गुञ्जिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत हाँसेका थिए।
राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पुनर्संरचना गरी थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रभावकारी बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा वडा केन्द्रित विशेष महिला तथा सामाजिक विकास कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

