मन्त्रीपरिषद्ले पारित गर्यो १६ औं पञ्चवर्षीय योजना

जेठ १, काठमाडौं / आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सरकारको १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका बारेमा जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय भएको बताइन्।
त्यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको बताइन्।
उनले भनिन्, ‘सम्माननीय राष्ट्रपतिज्यूद्वारा संघीय संसदको संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो। नीति तथा कार्यक्रम मन्त्रीपरिषद्को बैठकले पारित गरेको छ। आर्थिक वर्ष अगावै १६ औं पञ्चवर्षीय योजना जुन छ, राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय भयो।’
सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस