कुवेतका अमीरले गरे संसद भंग, खाडीमा जस्तै निरंकुशताको अभ्यास हुने आशंका
कुवेती अमीर शेख मिशाल अल अहमद अल सबाले संसद भंग गरेका छन् । शुक्रबार साँझ टेलिभिजन सम्बोधन गर्दै संसद भंग भएको घोषणा गरेका हुन् ।
‘म राज्यलाई कमजोर बनाउने र लोकतन्त्रको दुरुपयोग गर्ने अनुमति दिँन्न, उनले टेलिभिजन सम्बोधनमा भने, ‘देश बचाउनका लागि एउटा कठोर निर्णयको आवश्यकता छ, जुन मैले लिने निर्णय गरेको छु ।’
अमीरले संविधानका कयौँ अनुच्छेदसमेत निलम्बन गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उनले फारसको खाडीको एक महत्वपूर्ण र लोकान्त्रिक देशलाई कमजोर बनाउने गरी विधायकीमा भइरहेको उथलपुथल स्वीकार्य नभएको आफ्नो सम्बोधनमा जनाएका छन्।
कुवेतमा एक महिनाअघि मात्रै संसदीय निर्वाचन भएको थियो। ५० सदस्यीय कुवेतको संसद प्रायः नयाँ संसदीय निर्वाचनको केही समयअघि भंग गर्ने गरिएको थियो । कुवेतको संसद भंग भएसँगै त्यहाँ पनि अन्य खाडी देशमा जस्तै निरंकुशताको अभ्यास हुने आशंका गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

