बुधबार र बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं, ०४ श्रावण । जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू-भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको विभागका मौसमविद् मञ्जु बासीले बताएका छन् ।
उनका अनुसार उक्त प्रणालीको प्रभावले यी दुई दिन देशभर सामान्यदेखि पूणर् बदली रही पहाडी भू-भागका धेरै स्थानमा र अन्य भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।
हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । रातको समयमा देशभर सामान्यदेखि पूणर् बदली भई देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव दुई डिग्री र अधिकतम् तापक्रम ३० दशमलव एक डिग्री सेल्सियस रहेको छ ।
-रासस ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

