पर्सा प्रहरीले गोली चलाएर एक भारतीयलाई पक्राउ गर्यो

Pistol-fire-by-police

पर्सा, तातोखबर /  पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ।

गएराति ११ बजे वीरगञ्ज महानगरपालिका-१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

Advertisement:Pistol-fire-by-police

उनी काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भएको प्रारम्भिक अनुमान प्रहरीको छ।  प्रवक्ता थापाका अनुसार लाल मोहम्मद हत्यामा उनलाई सम्लग्न  देखिएको भन्दै घटनाको थप अनुसन्धान भैरहेको बताए । उनलाई खुट्टामा गोली लागेको थियो । उपचार पश्चात् उनि अहिले प्रहरीको नियन्त्रणमा छन्।

उनको साथबाट प्रहरीले लागूऔषध  ब्राउन सुगर, पेस्तोलदुईथान र त्यसमा प्रयोग हुने गोली समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस् :