इलाम उपनिर्वाचन : शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

इलाम / इलाम क्षेत्र २ को आज (शनिवार) भएको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ भने ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।
१ लाख १५ हजार ८८९ मतदातामध्ये कुल ६६ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए तर विस्तृत विवरण आउन बाँकी छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सबै (७९ वटै) मतदानस्थलका १४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको हो।
‘साढे ३ बजेसम्ममा ५५ प्रतिशत मत खसेकाले जम्मा खसेको मत त्योभन्दा बढी आउनेछ,’ यादवले भने, ‘तर सबैतिरको फाइनल मत विवरण जोड्न बाँकी छ। कुन–कुन केन्द्रमा ५ बजेसम्ममा केन्द्र प्रवेश गरेका मतदाता मतदान गरिरहेका छन् भन्ने विवरण पनि आउन बाँकी छ।’
मतदान सकिएपछि मतपेटिका सदरमुकाम ल्याएर सम्भवतः आजै साँझ मतगणना शुरु हुनेछ। मतपेटिका राति १० बजेसम्ममा सदरमुकाम आइपुग्ने अनुमान छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस