अष्ट्रेलियामा बस्ने नातिको लेखन प्रगतिप्रति ८४ वर्षीय हजुरबा हर्षित
स्याङ्जा, ८ बैशाख / अष्ट्रेलियामा रहेर पनि लेखनकार्यमा सक्रीय रहदै आएका नेपाली पत्रकार तथा लेखक शिव न्यौपानेले अष्ट्रेलियाका पूर्व प्रधामन्त्रीबाट प्राप्त गरेको प्रशंसापत्र देखेर उनका ८४ वर्षीय हजुरबुबा टेकनाथ न्यौपाने हर्षित बन्न पुगेका छन् । लेखक न्योपानले प्राप्त गरेको प्रशंसापत्र देख्दा उनका हजुरबाले खुशी ब्यक्त गरेका हुन् ।
बहुसांस्कृतिक खानाका लागि उपयुक्त गाईडका रुपमा लेखक शिव न्यौपानेद्वारा लिखित खाद्य पाक शब्दकोष ‘फलाङ फूड डिक्सनरी’ एउटा उदाहरणीय पुस्तक भएको भन्दै अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनद्वारा प्रदान गरिएको प्रशंसा पत्र देखेर आफू हर्ष विभोर भएको लेखक न्यौपानका ८४ वर्षीय हजुरबा टेकनाथ न्यौपानेले बताए । यो प्रशंसापत्र आफ्नो परिवार र समस्त नेपालीहरुका लागि गौरवपूर्ण भएको समेत उनको भनाइ छ ।
अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनले बहुसांस्कृतिक खानाका लागि उपयुक्त गाईडका रुपमा लेखक शिव न्यौपानेले लेखेको खाद्य पाक शब्दकोष ‘फलाङ फूड डिक्सनरी’ एउटा नयाँ छलाङको रुपमा आएको भन्दै पत्र मार्फत प्रशंसा गरेका थिए । हालै स्वदेश फर्किएका लेखक शिव न्यौपाने विभिन्न भेटघाटमा सक्रीय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

