प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुखसहित शीर्ष नेताको बैठक सुरु

Prachanda-devraj-ghimire

तातोखबर, काठमाडौं / प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको छलफल सुरु भएको छ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक सुरु भएको हो।

Advertisement:Prachanda-devraj-ghimire

सभामुखले झापा जाने कार्यक्रम रद्ध गरेर  सदन खुलाउनका लागि पहल  थालेको सचिवालयले जनाएको छ। सभामुख घिमिरे आज दिदीको निधन भएपछि झापा जाने कार्यक्रम तय भएको थियो।

बैठक बिहान ११ बजे बोलाइएको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तयार नभएपछि बैठक बस्ने सम्भावना भने कमै देखिन्छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले त्यसका लागि संसदीय छानबिन समिति गठन नभए आजको  बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस् :