गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्छु : गृहमन्त्री लेखक

बारा / गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताएका छन्।
बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पु¥याएको उल्लेख गरे। उनले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए।
गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनले बताए।
गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी खटाउन जिल्लास्थित सुरक्षानिकायलाई निर्देशन दिए।
उनले आजै बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग यसबारे छलफल गर्नुका साथै गढीमाई मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस