अदालतको अवहेलना गरेकोमा बार अध्यक्षमाथि कारवाहीको माग गर्दै प्रतिवेदन पेश

काठमाडौं, १४ असोज/ अदालतको अवहेलना गरेकोमा नेपाल बार एसोसियसनका अध्यक्ष गोपीकृष्ण घिमिरेमाथि कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा लेनदेन भएको अभिव्यक्ति दिएर बारका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदातलका उपसचिव गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका हुन् ।
बार अध्यक्ष घिमिरेमाथि अवहेलनामा कारवाही हुनुपर्ने भनी तयार पारेको प्रतिवेदन अदालतमा पेश भएको प्रतिवेदन अघि बढेपछि प्रारम्भिक सुनुवाइ र थप कारवाही अगाडि बढ्न सक्ने श्रोतको दावी रहेको छ । न्यायपरिषदको सचिवालयले सोमबार नै एक विज्ञप्ति जारीगरी बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि अनर्गल र आधारहीन आरोप लगाएको भन्दै खण्डन गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस