उत्साह र निराशासँगै मनाइदै नेपालमा संविधान दिवस

काठमाडौं, ३ असोज/ दुई कार्यकाल सञ्चालन भएको संविधानसभाबाट लेखेर जारी गरिएको संविधानलाई देशभर आज दिवसका रूपमा मनाइदैछ । वि.सं. २०७२ साल असोज ३ गते जारी संविधान भएपछि हरेक वर्ष असोज ३ गते नेपालमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको हो ।
‘संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१’ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा सविधान लेखनका लागि संविधान सभामा नेतृत्व गरेका दलका नेताहरुद्वारा शुभकामना सन्देशसमेत जारी गरिएको छ । त्यस्तै सबै नेपालीलाई न्याय दिन नसक्ने गरी ल्याइएको संविधान ठान्ने समुदाय तथा ब्यक्तिहरुले भने संविधान दिवसलाई निराशाका रुपमा लिदै असन्तुष्टिजन्य अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् ।
संविधानसभाबाट विसं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज मनाइने संविधान तथा राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले स्वतन्त्रता दिएको भन्दै यसको उपभोग गरेर भविष्य सुरक्षित गर्न आम देशवासीलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस