पलेशालाई सरकारले आज ६५ लाख पुरस्कार दिने

काठमाडौँ / पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले आज ६५ लाख पुरस्कार दिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार आज एक कार्यक्रममा बीच उनलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। पलेशाले कर नकाटी उक्त रकम पाउने छिन्। आज बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षलाई पनि उक्त पुरस्कार हस्तान्तरण गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के-४४ वर्ग अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस