एसीसीले अन्डर नाइन्टिन टी–ट्वान्टी एसिया कप आयोजना गर्ने

काठमाडौँ / एसियाली क्रिकेट परिषद (एसीसी)ले, महिला अन्डर नाइन्टिन टी–ट्वान्टी एसिया कप आयोजना गर्ने घोषणा गरेको छ।
मलेसियाको क्वालालाम्पुरमा बसेको एसीसीको कार्यसमिति बैठकले प्रतियोगिताको घोषणा गरेको हो। अन्डर नाइन्टिन विश्वकपअघि, एसिया कप आयोजना हुनेछ। युवा महिला खेलाडीलाई पर्याप्त अन्तर्राष्ट्रिय अनुभवको अवसर दिन एसिया कपको सुरुवात गर्ने निर्णय गरिएको एसीसीका अध्यक्ष जय साहले बताए।
यो निर्णयले भविष्यमा एसियाली महिला क्रिकेटमा महत्वपूर्ण प्रभाव पार्ने एसीसीको विश्वास छ।
एसीसीले पहिलो पटक युवा महिला क्रिकेटरका लागि प्रतियोगिता अघि सारेको हो। यसले लैगिंक समानतामा पनि महतवपूर्ण योगदान पुग्ने एसीसीको विश्वास छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस