नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका एकजना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँनेछन् । ३५ दिनभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा भने सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने तयारी बैंकले गरेको छ ।
शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस