डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं / डोटीमा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका-४ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो। बसमा सवार सबै यात्रु घाइते भएका हुन्।
बस करिब ३५ मिटर तल खसेको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको एसपी कोइरालाले जानकारी दिए। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस