विद्युत प्राधिकरणको वार्षिकोत्सवमा विद्युतीय सवारी साधनको र्याली

काठमाडौं / नेपाल बिद्युत् प्राधिकरणले आज विद्युतीय सवारी साधनको प्रयोग र प्रवद्र्धनका लागि जनचेतनामूलक र्याली निकालेको छ।
शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा विद्युतीय सवारी साधनको र्याली सम्पन्न भएको हो। नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्न र्याली आयोजना गरेको बताएको छ।
प्राधिकरणको प्रधान कार्यालय रत्पाकंबाट शुरु भएको विद्युतीय सवारी साधनको र्याली माईतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी समापन गरिएको थियो।
र्यालीको उद्घाटन गर्दै प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस