कुलमानको दाबी : विद्युतीकरण ९९ प्रतिशत पुग्यो

काठमाडौं / नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्षअघि करिब ८९ प्रतिशतमा रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको दाबी गरेका छन्। आज(शुक्रबार) उनले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको छ।’ उनले ८ वर्षअघि २९ लाख ७० हजार रहेको विद्युतको ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजारमा पुगेको बताए।
उनले भने, ‘विकट बस्ती पहिचान गरी विद्युतीकरण भइरहेको छ, सुकुम्बासी, चेपाङ बस्ती लगायत विपन्न घरमा निःशुल्क विद्युत्का लागि मिटर वितरण भएको छ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस