रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ / सरकारले आगामी आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आइतबार भोटो जात्रा हुन लागेको हो।
वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार जावलाखेल पुर्याइएको हो । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ।
हरेक बर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस