प्रिन्स दाहाल पेरिस ओलम्पिकको तेस्रो खेलमा पनि पराजित

prince dahal

काठमाडौँ / नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकको आफ्नो तेस्रो खेलमा पनि पराजित भएका छन्।

समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २-० को सोझो सेटमा पराजित भएका हुन्। १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भए।

Advertisement:prince dahal

२० मिनेटको दोस्रो सेट प्रिन्सले १०–२१ ले गुमाए। समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि २–० सेटमा हारेका थिए।

यससँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी ७ जना खेलाडीमध्ये ६ जना खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह बाहिरिइसकेका छन्। अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस् :