विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न कृषि मन्त्रीको आग्रह

ramnath_adhikari_krishi_mantri

काठमाडौं / कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन्।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले सम्भव भएसम्म विषादी प्रयोगमा न्यूनिकरण गर्न आग्रह गरे।

Advertisement:ramnath_adhikari_krishi_mantri

उनले विषादीको प्रयोग कम गरे रोगहरू घट्ने र सबैलाई फाइदा हुने बताए। उनले मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए।

उनले रैथानी बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाए। कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पुर्या‍उन पुग्न आफूले सक्दो प्रयास गर्ने पनि बताए।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस् :