पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

कास्की / पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । पोखरा-१७ पार्दी बिरुवामा रहेको एल.पी. देवकोटा मेमोरियल स्कुलका विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ज्यान गुमाउनेमा सोहि स्कुलमा आध्यनरत ६ बर्षका प्रिन्स बि.क र सोहि स्कुलका कार्यालय सहयोगी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख सूचना अधिकारी डिएसपी बसन्त कुमार शर्माले तातोखबरलाई जानकारी दिएका छन् ।
२६ जना सवार रहेको उक्त बसमा सवार १ शिक्षिका घाइते रहेको र अन्यको अवस्था सामान्य रहेको शर्माले बताए । बस मोडिने क्रममा दुर्घटना भएको हुनसक्ने यसबारे थप अनुसन्धान भैरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस