पूर्वराज्यमन्त्री रामचन्द्र राय यादवको हत्या

काठमाडौं, ७ साउन / ७५ वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्र राय यादवको हत्या भएको छ । गएराति आफ्नै निवासमा राज्यमन्त्री राययादवको हत्या भएको हो ।
सर्लाही जिल्लाको चन्द्रपुर गाउँपालिका–१ स्थित आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी पूर्व भूमिव्यवस्था राज्मन्त्री रायको हत्या गरिएको सर्लाही प्रहरीले जनाएको छ । अज्ञात समूहले टाउकोको बायाँ साइटमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा दिइएको जानकारीमा उल्लेख छ ।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार यादवको हत्या भएको बेला घरमा एक कामदार मात्र रहेको प्रहरीलाई राति १ बजे जानकारी प्राप्त भएको र तत्काल प्रहरी घटनास्थल पुगी आवश्यक कारवाही सुरु गरिएको थियो । मृतकको शव मलङ्गवा अस्पताल लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
यादव पञ्चायत काल र बहुदलीय व्यवस्थामा पटक पटक सांसदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस