लोकसेवा टप गर्ने उपसचिव पर्शुराम पोखरेल

काठमाडौं / लोकसेवा आयोगले गत आव २०८०/८१मा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत खुलातर्फको उपसचिव पदको परीक्षामा सहभागी भएका पर्शुराम पोखरेल १६ सयभन्दा बढी प्रतिस्पर्धीलाई उछिनेर पहिलो नंबरमा नाम निकाल्दै उपसचिव बन्न सफल भएका छन्।
नेपाल सरकारको नीतिगत तहमा काम गर्ने, संविधानको कार्यान्वयनका लागि मुख्य सहयोग गर्ने तथा विभिन्न कार्यालय प्रमुखको भूमिकामा समेत रहने उपसचिव पदमा पुग्न लोकसेवा आयोगले लिने एकदम कठिन परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । जसका लागि पढाई प्रतिको मिहिनेत, परिश्रम र निरन्तरको लगावले नै उनि परिक्षा टप गर्ने उपसचिव बनेका हुन् । सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता रहेको उनले बताए ।
गुल्मी रेसुङ्गा नगरपालिका-१४ मा बुबा टोपलाल पोखरेल र आमा डिल्ली कुमारीका कोखबाट जन्मिएका पर्शुराम सामान्य किसान परिवारका सदस्य हुन् । एसएलसी पढ्दासम्म गाउँघरमा नै दुःखजिलो गर्ने र कृषि पेसामा संलग्न रहेर नै अध्ययन अघि बढाएको उनी बताउँछन् ।
जनप्रशासन, समाजशास्त्र, मानवशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले कानुनमा एलएलबीसमेत गरेका छन् । लोकसेवाले लिने परीक्षा निकै कठिन मानिन्छ त्यसमा पनि टपर हुनु त झन कठिन विषय हो ।
प्रशासन सुधारका लागि नीतिगत स्पष्टता, प्रशासनिक कटिबद्धता, सहभागितामूलक नागरिक समाज, शासकीय सुधारका नवीन विधिको प्रयोग, दण्ड, सजायको व्यवस्था, सशक्त अनुगमन मूल्यांकन प्रणाली, नीति कानुनको पूर्ण कार्यान्वन र समयानुकूल पुनरावलोकन, संगठन संरचनामा आमूल परिवर्तन र परिमार्जन, कर्मचारीतन्त्रमा व्यावसायिक निष्ठासहितको निरन्तर सुधार गर्नु नै मुख्य सुधारका उपायहरू रहेका उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस