कोटेश्वरको रामेछाप गेष्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं / कोटेश्वरमा रहेको एक गेष्ट हाउसबाट ६ बालिकाको उद्धार गरिएको छ।
बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।
रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा आर्थिक प्रलोभनमा पारी बालिकालाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले बताए।
गैरकानूनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस