गैँडाकोटमा भेटिएका दुईमध्ये एक शव गणपति डिलक्सकै यात्रु भएको पुष्टि

चितवन / पूर्वीनवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा भेटिएको दुई शव भेटिएका छन्। भेटिएका दुई शव मध्ये एक पुरुषको चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको गणपति डिलक्सका यात्रु पुष्टि भएको छ।
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले एउटा शव सर्लाही बरहथवा नगरपालिका ३ बस्ने वर्ष १९ का रमित कुशर माझीको भएको जानकारी दिए। उनका बुवा रविन्द्र कुशर माझीले छोराको पहिचान गरेका थिए।
उनी काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार यात्रु हुन्। गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
आज दिउँसो माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको र गैँडाकोटमा प्रकृति मुचुल्का उठाइ शव पहिचानका लागि चितवन ल्याइएको प्रहरीले जनाएको छ।
एउटा शव खुट्टामा जुत्ता र भित्री वस्त्रमात्रै रहेकोअवस्थामा भेटिएको थियो भने अर्को शव गाडिएको अवस्थामा फेला परेको थियो।
यसअघि आज विहान जिल्लाको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदी किनारमा सिमलताल पहिरोले बगाएको बसका यात्रु भारतीय नागरिक ऋषिपल साहको शव फेला परेको थियो।
भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स नै चढेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस