धुलिखेल–खावा सडकखण्डमा पहिरो,अरनिको राजमार्ग पुनः अवरुद्ध
काभ्रेपलाञ्चोक / अरनिको राजमार्ग अवरुद्ध भएको छ। निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो।
स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए।
प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ। उनले सडकमा ठूलाठूला खाल्डा र हिलोका कारण निकै कठिनाइ देखिएको बताए।
धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन्।
जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। उक्त राजमार्ग वर्षाका कारण पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो।
सडकको उक्त पहिरो पन्छाई १४ घण्टापछि मङ्गलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय