मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री र प्रवक्ता पदबाट हिजो मंगलबार बर्खास्तमा परेका डा.मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दैछन्।
रास्वपा केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सिफारिसअनुसार उनलाई साधारण सदस्य मात्र रहने गरी पार्टीका अन्य सबै जिम्मेवारीबाट हटाएको थियो।
त्यस लगत्तै फेसबुकमा आफू ‘रवि लामिछाने क्लबबाट मात्र निकालिएको’ भनी टिप्पणी गरेका ढकालले बाँकी कुरा भोलि भनेका थिए।
सो अनुरूप काठमाडौंको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा दिउँसो ३ बजे आफ्ना कुरा राख्न लागेको ढकालले बताएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु