पहिरोले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध

बेँसीसहर / लगातारको अविरल वर्षासँगै आएको पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

Advertisement:

लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनी समस्या हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस् :