नवलपरासी कारागार प्रमुख घुससहित पक्राउ

बुटबल, २३ असार / नवलपरासी कारागारका प्रमुख प्रशासक विनोदकुमार दत्त घुस समाउदै गरेको अवस्थामा पक्राउ परेका छन् । कैदीबन्दीलाई चौकीदार बनाउन घुस लिँदै गर्दा कारागार कार्यालय नवलपरासीका प्रमुख प्रशासक दत्तलाई आज कारागारको निवासबाटै पक्राउ गरिएको हो ।
उनलाई १ लाख ५० हजार घुस समाउदै गर्दा पक्राउ गरिएको अख्तिार श्रोतले बताएको छ । कैदीबन्दीलाई चौकीदार बनाइदिनका लागि घुष लिदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगका एक अधिकारीले जानकारी दिए ।
कारगार कार्यालयका प्रशासन, प्रहरीलगायतका अधिकारीहरुको समितिको छनौटबाट बनाइने चौकीदार कैदीबन्दीहरुमध्यबाटै चौकिदार बनाउने कारागारको प्रचलनमा रहेको भए पनि घुस लिएर चौकीदार बनाउने दुस्प्रयास गरेका दत्तमाथि अनुसन्धान सुरु गरिएको समेत अख्तियार श्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस