हेटौंडा-भिमफेदी-काठमाडौं सडकखण्ड अन्तर्गत बाघझोरमा आएको बाढीका कारण हजारौं यात्रु प्रभावित

हेटौंडा / मकवानपुरको हेटौंडा-भिमफेदी-काठमाडौँ बैकल्पिक सडकखण्ड अन्तर्गत बाघझोरमा आएको बाढीका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन्।

हिजो साँझ देखि परेको अबिरल वर्षाका कारण बाढी आएको हो। हरेक बर्ष मनसुनको समयमा सवारी चालकले समस्या भोग्दै आएका छन्।

Advertisement:

पानी पर्न कम भएपछि मात्र उक्त बाटो खुल्ने अन्यथा कुनै विकल्प नभएको स्थानिय सडक उपभोक्ता दिपक गौतमले तातोखबरलाई बताए ।

उक्त सडकखण्डका अन्य ठाउँमा पनि साना ठूला पहिरो गैरहेको र त्यसको समाधानका लागि पहल जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :