भारतमा लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको संक्रमण पुष्टि

भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस संक्रमणका आठ घटना रेकर्ड गरिएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक-एक जनामा संक्रमण पुष्टि भएको छ।
नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी) का अधिकारीहरूले देशभरबाट १०६ नमुना प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस संक्रमणको लागि सकारात्मक परीक्षण गरिएको बताए।
संक्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य अधिकारीहरूमा चिन्ता बढेको छ। यद्यपि एनआइभीका अधिकारीहरूले महाराष्ट्रमा जिकाका केस देखेर आत्तिनुनपर्ने बताएका छन्।
जिका लामखुट्टेबाट सर्ने भाइरस हो। यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौन सम्पर्कबाट पनि सर्छ। यो रोग एक हल्का, आत्म-सीमित रोग हो र यो ज्वरो, दाग र जोर्नी दुखाइसँगै शुरु हुन्छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस