प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल एआइजी पदमा बढुवाका लागि सिफारिस

काठमाडौं / प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो।

Advertisement:

आज बिहानै बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बताए।

एआइजी बढुवा समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने छन्। प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application