बक्यौता रकम भुक्तानी दिन माग गर्दै दुग्ध किसानको विरोध प्रदर्शन

काठमाडौं / दूधको बक्यौता रकम भुक्तानी दिन माग गर्दै दुग्ध किसानले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार बिहान उनीहरूले लैनचौर स्थित दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय रहेको घेराउ गरेका हुन् ।
दुग्ध उत्पादक कृषकले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भुक्तानी लगायत विभिन्न मागसहित पटक-पटक गरेको सम्झौता-सहमति समेत कार्यान्वयन नभएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस