त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम सञ्चालन

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालन गरेको छ ।
बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा शुरु गरेको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने छन् ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर एवम् ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस