खोँचमा खसेर सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली, २ असार/ खोँचमा खसेर सिन्धुलीमा एक पुरुषको मृत्यु भएको छ । जडिबुटी खोज्न जङ्गल गएका ५८ वर्पीय पुरुषको खोँचमा खसेर मृत्यु भएको हो ।

जडीबुटी खोज्न जङ्गल गएका मरिण गाउँपालिका–२ कटनडाँडाका टेकबहादुर दङ्गालीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जेठ ३२ गते दिउँसो १ बजे जङ्गल गएका उनी राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुङ्ग्रशिर भीरको खोंचमा मृत फेला परेका हुन ।

Advertisement:

मृतक दङ्गालीको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :