बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि गोली प्रहार

ramraja-multiple-campus-chief

बारा / बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि आज साँझ गोली प्रहार भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका-३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराले जानकारी दिएको छ । उनलाई  पिठ्युँमा गोली लागेको प्रहरीले जनाएको छ ।

Advertisement:ramraja-multiple-campus-chief

उक्त घटना आज साँझ ५ बजेतिर भएको हो  । गोली हान्ने व्यक्ति अज्ञात रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनकोको हाल वीरगञ्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् :